आर्थिक

भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडानका लागि दुई नेपालीसहित १२ कम्पनीको प्रस्ताव

हिमालय टिभी
२०७७ साउन १९ गते १९:०६
भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडानका लागि दुई नेपालीसहित १२ कम्पनीको प्रस्ताव

१९ साउन, २०७७ काठमाडौं । भदौ १ गतेदेखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय उडानका लाग‍ि २ नेपालीसहित १२ वटा वायुसेवा कम्पनीको प्रस्ताव परेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आजसम्ममा १२ वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव गरेको जनाएको हो ।

प्रस्ताव पेश गर्नेमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित भारतको इण्डिगो एयर, चीनको एयर चाइना र चाइना साउदर्न, ओमानको सलाम एयर र कुवेतको जजीरा एयर तथा युएईको फ्लाई दुबई र एयर अरेबिया, मलेसियाको मलेसियन एयर र मालिन्दो एयर तथा टर्कीको टर्किस एयरलाइन्स छन् ।

प्राधिकरणका अनुसार यी कम्पनीबाट १८ वटा गन्तव्यका लागि उडान प्रस्ताव आएको छ । नेपाल एयरलाइन्सले हप्तामा नयाँ दिल्ली १४ तथा मुम्बइ, दोहा र क्वालालम्पुरमा ७–७ उडानको योजना पेश गरेको छ । यस्तै बैंग्लोर, ग्वाङजाउ, नारिता, बैंकक र हङकङमा ३–३ उडान भर्ने प्रस्ताव नेपाल एयरलाईन्सको छ ।

हिमालयको प्रस्तावमा हप्तामा सारजाहमा ७, दोहामा ५, आबुदाबी र क्वालालम्पुरमा ४ तथा छोङचिङमा एउटा उडान भर्ने योजना छ । इन्डिगोले नयाँ दिल्ली–काठमाडौं हप्तामा ७, एयर चाइनाले छेन्दु–काठमाडौं हप्तामा १ र चाइना साउदर्नले ग्वाङजाउ–काठमाडौं हप्तामा एउटा उडानको प्रस्ताव राखेको छ ।

सलाम एयरले मस्कट–काठमाडौं हप्तामा ७, जजिरा एयरवेजले कुवेत(काठमाडौं हप्तामा २ र फ्लाइ दुबइले दुबई–काठमाडौं हप्तामा ७ उडान भर्ने योजना पेश गरेका छन् ।

टर्किस एयरलाइन्सबाट इस्तानबुल–काठमाडौं हप्तामा एउटा र जजिरा एयरवेजले कुवेत(काठमाडौं हप्तामा २ उडान भ‍र्ने प्रस्ताव राखेको प्राधिकरणको भनाई छ ।

प्रस्ताव अध्ययनपछि विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्डमा रहेर अनुमति दिने प्राधिकरणको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *