समाज

स्रोत नखुलेको रकमसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत पक्राउ

हिमालय टिभी
२०७७ साउन १९ गते १८:१६
स्रोत नखुलेको रकमसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत पक्राउ

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको आठ लाख ९८ हजारसहित पक्राउ गरेको छ।

भट्टराई र रोकायले स्रोत नखुलेको रकम लिएर कार्यालयको बा.२ झ. १८७३ नम्बरको गाडीबाट काठमाडौं जाँदै गरेको अवस्थामा रूपन्देहीको सैनामैना १० बाट अख्तियारको कार्यालय बुटवलबाट गएको टोलीले नियन्त्रणमा लिएको हो।

प्राप्त रकम मध्ये तीन लाख ४८ हजार नगद र बाँकी पाँच लाख ५० हजारको बैंकको भौचर रहेको आयोगको बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुषालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *