समाज

बुटवलको बैदिक जनैः देशभित्र मात्र होइन विदेशमा पनि परिचित

हिमालय टिभी
२०७७ साउन १९ गते १४:३१
बुटवलको बैदिक जनैः देशभित्र मात्र होइन विदेशमा पनि परिचित

१९ साउन, २०७७ बुटवल । रक्षाबन्धनको दिन बुटवलको बैदिक जनैलाई धेरैले सम्झिन थालेका छन् । बुटवलको राधा धागो उद्योगले १८ वर्षदेखि जनै र डोरोको व्यवसायिक उत्पादन गर्दै आएको छ । त्यहाँबाट उत्पादित वस्तु नेपालका विभिन्न जिल्ला मात्र नभइ विदेशमा समेत निर्यात हुने गरेको छ ।

सुरुमा करिब ५० हजार जनै मात्र उत्पादन हुने गरेको थियो । अहिले माग बढ्दै जाँदा वार्षिक ६ लाख जनै उत्पादन हुने गरेको छ । स्वदेश र विदेशमा गरी २५ लाख बराबरको कारोबार हुन्छ ।

बुटवलको राधा धागो उद्योगले वेदमा भनिए अनुसार आगिंक सुत्रावली विधिबाट जनै र डोरो बनाउँदै आएको छ । जनै बनाउने चलन पछिल्लो समय हराउँदै जाँदा बुटवलका बुद्धिप्रसाद शर्मा पाण्डेयले भने २०५८ सालदेखि उद्योग नै सञ्चालन गरेर जनै र डोरो उत्पादन गर्दै आउनु भएको छ ।

सुरुमा करिब ५० हजार जनै मात्र उत्पादन हुने गरेको थियो । अहिले माग बढ्दै जाँदा वार्षिक ६ लाख जनै उत्पादन हुने गरेको छ । स्वदेश र विदेशमा गरी २५ लाख बराबरको कारोबार हुन्छ ।

नेपालमा भारतको वनारसबाट जनै आउने गरेको छ । जुन वेदमा उल्लेख भए अनुसारको नपाइएपछि अवकाश प्राप्त शिक्षक पाण्डेयले उद्योग नै सञ्चालन गरेर जनै उत्पादन थाल्नुभयो । धर्म संस्कृति बचाउने उद्देश्यबाट जनै उत्पादन सुरु भए पनि अहिले आम्दानीको राम्रो श्रोतसमेत बनेको छ ।

बुद्धिप्रसाद पाण्डेयको काममा परिवारले पनि साथ दिएको छ । छोरा रुरु पाण्डेयले जनैको बजारिकरण गरिरहनु भएको छ ।

धर्म संस्कृतिको रक्षासँगै व्यवसाय पनि गर्न सकिन्छ भन्ने यो एउटा उदाहरण हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *