आर्थिक

कोरोना रोकथाम तथा नियन्त्रणमा भएको खर्च सरकारले भदौमा सार्वजनिक गर्ने

हिमालय टिभी
२०७७ साउन १९ गते १३:०७
कोरोना रोकथाम तथा नियन्त्रणमा भएको खर्च सरकारले भदौमा सार्वजनिक गर्ने

१९ साउन, २०७७ काठमाडौं । सरकारले गत आर्थिक वर्षमा कोरोना रोकथाम तथा नियन्त्रणमा गरेको खर्च विवरण भदौमा सार्वजनिक गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोही प्रयोजनका लागि कार्यालयले सरोकारवाला सबै निकायबाट विवरण माग गरेको छ ।

खासगरी कोरोना संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारमा भएको खर्चलाई सार्वजनिक समय भदौ तोकेर कार्यालयले संघ, प्रदेश र स्थानीय तहका सबै सार्वजनिक निकायबाट भएको खर्चको विवरण मागेको छ । यस्तो विवरण सार्वजनिक निकायले साउन मसान्तभित्र बुझाउनु पर्ने भएको छ ।

चालु आर्थिक वर्षमा भएको खर्चको विवरण भने चौमासिक रुपमा सार्वजनिक गर्ने कार्यालयको तयारी छ । चालु आर्थिक वर्षको खर्च कात्तिक, फागुन र असार महिनामा सार्वजनिक गरिने कार्यालयले उल्लेख गरेको छ ।

सरकारले कोरोना रोकथाममा गरेको खर्च विवरण सार्वजनिक नगरेको भन्दै आलोचना भइरहँदा अहिलेसम्म कुन निकायले कति खर्च गरे भन्ने तथ्यांक नै संघीय सरकारसँग नभएको पाइएको छ ।

यसअघि कोरोना रोकथाममा १० अर्ब खर्च भएको सार्वजनिक गरेको सरकारले विस्तृत विवरण भने खुलाएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *