समाज

प्रदेश प्रहरी कार्यालय विराटनगरमा सात जना प्रहरीमा कोरोना पुष्टि

हिमालय टिभी
२०७७ साउन १९ गते १२:५०
प्रदेश प्रहरी कार्यालय विराटनगरमा सात जना प्रहरीमा कोरोना पुष्टि

१९ साउन, २०७७, विराटनगर । प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत थप ७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

३३ जनाको स्वाब परीक्षण गर्दा ७ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो । यो सँगै कोरोना संक्रमण हुने प्रहरीको संख्या ३१ पुगेको छ ।

यसअघि प्रदेश प्रहरी कार्यलयमा कार्यरत २४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । एकसाता अघि पहिलो पटक प्रदेश प्रहरीमा कार्यरत पाँच जना प्रहरीमा कोरोना देखिएको थियो ।

एकपछि अर्को गर्दे प्रहरीमा कोरोना संक्रमण देखिए पछि प्रदेश १ प्रहरीमा कार्यरत १ सय ४६ जना प्रहरीको स्वाब संलकन गरिएको प्रदेश प्रहरी प्रवक्ता दिपक पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *