विदेश

भारतमा कोरोना संक्रमितको संख्या १८ लाख नाघ्यो, एकैदिन ५२ हजार बढी थपिए

हिमालय टिभी
२०७७ साउन १९ गते ८:१३
भारतमा कोरोना संक्रमितको संख्या १८ लाख नाघ्यो, एकैदिन ५२ हजार बढी थपिए

१९ साउन, २०७७, नयाँ दिल्ली । पछिल्लो समय संख्यात्मरुपमा भारतमा सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

गएको २४ घण्टामा भारतमा सबैभन्दा धेरै ५२ हजार ७ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो । भारत कोरोना संक्रमित हुने देशमा तेस्रो स्थानमा छ । त्यहाँ संक्रमित हुनेको संख्या १८ लाख ४ हजार ७ सय २ पुगेको छ ।

भारतपछि अमेरिकामा ४९ हजार ३८ तथा ब्राजिलमा २४ हजार ८ सय १ जना संक्रमित भए । अमेरिकामा ४८ लाख १३ हजार भन्दा बढी तथा ब्राजिलमा २७ लाख ३३ हजार बढीमा संक्रमण भैसकेको छ । आइतबार विश्वभर २ लाख १७ हजार ९ सय १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ४ सय ४ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी भारतमा ७ सय ५८, ब्राजिलमा ५ सय १४ तथा अमेरिकामा ४ सय ६७ जनाको मृत्यु भएको छ ।

भारत हालसम्म ३८ हजार १ सय ६१, ब्राजिलमा ९४ हजार १ सय ३० तथा अमेरिकामा १ लाख ५८ हजार ३ सय ६५ जनाको मृत्यु भैसकेको छ ।

विश्वभर १ करोड १४ लाख ३९ हजार भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् । आज मेक्सिकोमा थप ४ हजार ८ सय ५३ संक्रमित थपिँदा २ सय ७४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *