समाज

प्रदेश १ मा संक्रमित थपिदै, अस्पतालमा बेड र चिकित्सक अभाव (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १८ गते २०:०९
प्रदेश १ मा संक्रमित थपिदै, अस्पतालमा बेड र चिकित्सक अभाव (भिडियोसहित)

१८ साउन, २०७७ विराटनगर । कोरोना भाइरसको उच्च जोखिममा पुगेको प्रदेश १ मा दिनानु दिन संक्रमित बढेको बढ्यै छ । संक्रमितको उपचारमा संलग्न हुने चिकित्सक पनि भाइरस संक्रमित भएपछि कोरानाको रोकथाम र नियन्त्रणमा चुनौति थपिएको छ । एकातर्फ चिकित्सकहरु नै भारइस संक्रमित हुनु र अर्कोतर्फ दिनानु दिन संक्रमतिहरुको संख्या बढन थालेपछि उपचारमा समेत कठिनाई हुने देखिएको छ ।

विराटनगरको कोशी कोभिड अस्पताल कोरोना संक्रमितले भरीभराउ छ । ७० शैय्याको अस्पतालमा लकडाउन खुलेपछि ६० जनाले उपचार गराइरहेका छन । अब संक्रमित आएमा भर्ना लिने स्थिति छैन । कोशी कोभिड अस्पतालको जस्तै अबस्था छ गोठगाँउको अस्पतालको पनि । १ सय शैय्या क्षमताको आइसोलेसन सहितको अस्पतालमा क्षमता भन्दा बढी संक्रमित भर्ना भएका छन । अब नयाँ संक्रमितलाई कहाँ कसरी राखेर उपचार गर्ने भन्ने समस्या भइसकेको छ ।

पछिल्लो समय लक्षणसहितका संक्रमित बढनुले उनीहरुलाई अस्पताल भर्ना गरी उपचार गर्नुको बिकल्प छैन । तर कोभिडका लागि भनेर तयार परिएका अस्पतालमा पर्याप्त क्षमता मात्रै होइन गम्भिर अबस्थाका विरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको अभाव पनि छ ।

लकडाउन खुलेको पछिल्लो दुई सातामा कोभिड–१९ को संक्रमण प्रदेशमा झन् बढेको छ । संक्रमित मध्ये करिब एक तिहाइमा कुनै न कुनै लक्षण देखिएको छ । दिनहुँ संक्रमितको बढिरहेको तराईका जिल्लामा संक्रमणको स्रोत पत्ता नलाग्दा थप समस्या भएको छ । संक्रमितको उपचारको प्रबन्धमा प्रदेश सरकार पनि कोभिड अस्पतालमा शैय्या थप्ने देखि लक्षणसहित संक्रमितलाई होम आइसोलेशनमा राख्ने तयारीमा जुटेको छ ।

प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि विराटनगरमा कोशी कोभिड अस्पतालमा ७० शैया, धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय शैया, चौदण्डीगढी उदयपुरमा २० शैया र गोठगाउँ आइसोलेशन अस्पतालमा एक सय शैया गरी जम्मा तिन सय ५३ शैयाको व्यवस्था गरेको छ ।

प्रदेशमा संक्रमितको संख्या १ हजार ५१ पुगेको छ। जसमा पुर्ण लक्षणसहितका संक्रमितको संख्या २ सय ४३ छ । सरकारले कोभिड अस्पतालमा आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनमा समयमै प्रदेश सरकार नलागे भोलिका दिनमा अबस्था भयावह हुने देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *