समाज

यो वर्षको गाईजात्रा औपचारिकतामा मात्र सीमित गर्न आग्रह

हिमालय टिभी
२०७७ साउन १८ गते १८:११
यो वर्षको गाईजात्रा औपचारिकतामा मात्र सीमित गर्न आग्रह

१८ साउन, २०७७ भक्तपुर । भक्तपुर नगरपालिकाले यो वर्ष गाईजात्रा औपचारिकतामै सीमित गर्न आग्रह गरेको छ ।

कोरोनाको महामारीको उच्च जोखिमप्रति संवेदनशील भई नगरपालिकाले गाईजात्रा औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र परम्परागत एवं आधुनिक सांस्कृतिक प्रदर्शनी नगर्न स्थानीयलाई आग्रह गरेको हो ।

भक्तपुरमा जात्राका समयमा हुने सक्ने हुललाई मध्यनजर गर्दै भक्तपुर प्रहरीले शान्ति सुरक्षाको अवस्था मजबुद पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख तारादेवी थापाले जानकारी दिनुभयो ।

यसअघि नगरपालिकाले भक्तपुरको प्रसिद्ध विस्काः जात्रा, मातातिर्थ औंसी र देवाली पूजा पनि औपचारिकतामा मात्रै सिमित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *