आर्थिक

किसानलाई बन्दाबन्दीको मार, विक्री नभएपछि बारीमै कुहियो बन्दाकोभी (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १८ गते १७:५७
किसानलाई बन्दाबन्दीको मार, विक्री नभएपछि बारीमै कुहियो बन्दाकोभी (भिडियोसहित)

१८ साउन, २०७७ धनकुटा । लामो समयसम्म भएको बन्दाबन्दीले धनकुटाका किसानको बन्दाकोभी विक्री नभएपछि बारीमै कुहिएको छ । अघिल्ला बर्षमा भारतसम्म निकासी हुने बन्दा यो बर्ष विक्री नहुँदा बारीमै कुहिएको हो ।

धनकुटाको छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाको करिब १ हजार हेक्टरमा व्यवसायिक तरकारी खेती हुने गरेको छ । त्यसमा सबैभन्दा धेरै आलु र बन्दाकोभी उत्पादन हुन्छ । तर कोरोनाका कारण बेच्न नपाएपछि बन्दा बारीमै कुहिन थालेको छ ।

छथर जोरपाटी र महालक्ष्मीमा व्यवसायिक तरकारी खेती हुन थालेको २०४८ सालदेखि हो । व्यवसायिक तरकारी खेती हुने भएकाले सरकारले पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण जोन अन्तर्गत यसलाई तरकारीको पकेट क्षेत्र घोषणा गरेको छ । विगतका वर्षमा कम्तिमा दश रुपैयाँ प्रतिकेजी विक्री हुने गरेको बन्दा यो पटक भने सित्तैमा दिँदा पनि गएको छैन ।

यहाँ करिव १ हजार हेक्टर क्षेत्रफलबाट वार्षिक ३२ करोड मुल्यको तरकारी विक्री हुन्छ । यो सिजनमा उत्पादन हुने मटरकोसा, रायोको साग, काउली र बन्दासहित ४ करोडको उत्पादन भएकोमा करिब एक चौथाइ उत्पादनले मात्र बजार पाएको छ ।

धनकुटामा उत्पादित बन्दाकोभीको मुुख्य बजार पूर्वी तराईका शहर र भारतको पश्चिम बंगाल र बिहारका विभिन्न शहरनै हुन् । भारततर्फ निर्यात नहुँदा तथा बजार पसल होटलमा अपेक्षाकृत चहलपहल नहुँदा उत्पादनले बजार पाउन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *