आर्थिक

शेयर बजार परिसूचक नेप्से आज ३ प्रतिशत घट्यो

हिमालय टिभी
२०७७ साउन १८ गते १७:३२
शेयर बजार परिसूचक नेप्से आज ३ प्रतिशत घट्यो

१८ साउन, २०७७ काठमाडौं । कारोबार भएकामा सबैजसो कम्पनीको शेयरको भाउ घटेपछि शेयर बजार परिसूचक नेप्से आज ३ प्रतिशत घटेको छ ।

नेप्से आज ४२ दशमलव ७८ अंकले घटेर १३ सय ९६ दशमलव २८ बिन्दुमा झरेको छ । कारोबार भएका सबै समूहको परिसुचक घटेकाले नेप्से पनि घटेको हो ।

मौद्रिक नीति शेयर बजार मैत्री भएको भन्दै पछिल्लो समय बजार बढेको थियो । तर देशभर कोरोना संक्रमण बढ्दै गएकोले सरकारले फेरि लकडाउन गर्ने भन्ने हल्लाको शेयर बजारमा असर गरेको हो ।

तर सस्तोमा शेयर उठाउने बढेका कारण आज १ अर्ब ८४ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *