खेलकूद

एक खेल बाँकी छँदै आयरल्याण्डविरुद्धको खेलमा इङ्ल्याण्ड विजयी

हिमालय टिभी
२०७७ साउन १८ गते १४:२३
एक खेल बाँकी छँदै आयरल्याण्डविरुद्धको खेलमा इङ्ल्याण्ड विजयी

१८ साउन, २०७७ काठमाडौं । आईसीसी विश्वकप सुपर लिगअन्तर्गत आयरल्याण्डविरुद्ध तीन खेलको एक दिवसीय सिरिज घरेलु टोली इङ्ल्याण्डले एक खेल अगावै जितेको छ ।

साउथह्याम्पटनमा भएको दोस्रो खेलमा आयरल्याण्डलाई ४ विकेटले हराउँदै इङ्ल्याण्डले एक खेल अघिनै २–० ले सिरिज जितेको हो । एक दिवसिय विश्वकप छनोटका रुपमा रहेको सुपर लिग अन्तर्गत पहिलो खेलमा इङ्ल्याण्ड ६ विकेटले विजयी भएको थियो ।

आयरल्याण्डले दिएको २ सय १३ रनको समान्य लक्ष्य इङ्ल्याण्डले ३२ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्टायो। इङ्ल्याण्डको जितमा जोनी बेयरट्रोले ८२ रनको अर्धशतकीय पाली खेले । त्यस्तै, डेभिड विलिले नटआउट ४७ र साम विलिङ्सले नटआउट ४६ रन बनाए । आयरल्याण्डका जोस लिटलले ३ तथा कर्टिस क्याम्परले २ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय १२ रन बनायो । आयरल्याण्डका लागि कर्टिस क्याम्परले ६८ रनको अर्धशतकीय पाली खेले ।

आयरल्याण्डलाई सस्तैमा रोक्ने क्रममा इङ्ल्याण्डका आदील रशिदले ३, सकिब महमुद र डेभिड विलिले समान २२ विकेट लिए । यि दुईबीच तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्