समाज

विराटनगरस्थित न्युरो अस्पतालका चिकित्सकमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन १८ गते ८:०७
विराटनगरस्थित न्युरो अस्पतालका चिकित्सकमा कोरोना संक्रमण पुष्टि

१८ साउन, २०७७ विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलका एक चिकित्सकलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।

हस्पिटलको ईमेजेन्सी कक्षमा कार्यरत मेडिकल अफिसरलाई कोरोना पोजेटिभ देखिएपछि इमेजेन्सी कक्ष सिल गरिएको छ । ति चिकित्सक विराट नर्सिङहोममा पनि कार्यरत थिए ।

संक्रमित चिकित्सकलाई शुक्रबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

संक्रमितले काम गर्ने कक्ष सिल गर्न लगाएर उनीसँगको सम्पर्कमा आएका कर्मचारीलाई क्वारेन्टाइनमा बस्न लगाइएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *