आर्सनलले जित्यो एफए कपको उपाधि
१८ साउन, २०७७ काठमाडौं । आर्सनलले एफ ए कपको उपाधि जितेको छ ।
गएराती सम्पन्न फाइनलमा चेल्सीलाई २(१ गोलले पराजित गर्दै आर्सनलले एफए कपको उपाधि उचालेको हो । घरेलु मैदान वेम्वली रंगशालामा आर्सनलको जितमा दुबै गोल पिएरी एम्रिक अउबामेयाङले गरेका थिए ।
खेलको पाँचौ मिनेटमै क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई शुरुवाती अग्रता दिलाएका थिए । २८औं मिनेटमा अउबामेयाङले गोल थप्दै खेल एक(एकको बराबरीमा ल्याए ।
६७ औं मिनेटमा अउबामेयाङले पेनाल्टीमार्फत अर्को गोल गरेपछि आर्सनलले खेलमा २(१ गोलको अग्रता बनायो । त्यसपछि खेलमा थप गोल हुन सकेन । चेल्सीका माटेओ कोभाकिकले ७३औं मिनेटमा रातो कार्ड पाएका थिए ।
आर्सनलको यो कीर्तिमानी १४औं एफए कपको उपाधि हो । त्यस्तै आर्सनल अहिलेसम्म सात पटक फाइनलमा पराजित समेत भएको छ ।
त्यस्तै म्यानचेस्टर युनाइटेडले १२ पटक एफए कप उपाधि जितेको छ । जितपछि आर्सनलले आगामी सिजन युरोपा लीगमा आफ्नो स्थान पक्का गरेको छ।
प्रतिक्रिया