समाज

पर्यटकको रोजाईमा पाँचथरको मिदुङ झरना, पूर्वाधार विकास भने शुन्य (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १७ गते २०:२७
पर्यटकको रोजाईमा पाँचथरको मिदुङ झरना, पूर्वाधार विकास भने शुन्य (भिडियोसहित)

१७ साउन, २०७७ पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकास्थित मिदुङ झरना आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । झरना आसपास पर्याप्त पूर्वाधार निर्माण तथा प्रचारप्रसारमा ध्यान दिए यो बाह्यय पर्यटकका लागि पनि गन्त्व्य स्थल बन्न सक्ने स्थानीयको भनाइ छ ।

सडक पुगेपछि विकासका अन्य मुहान खुल्छन् भन्ने उदाहरण हो, पाँचथरको हिलिहाङ गाउपालिका स्थित मिदुङ झरना । प्राकृतिक रुपमा सुन्दर भए पनि यो ठाउँ ओझेलमा थियो । तर तमोर–कोशी कोरीडरको सडक पुगेसँगै यो ठाउँले चर्चा पाउन थाल्यो । अहिले दैनिक ठुलो संख्यामा आन्तरिक पर्यटक आउन थालेका छन् ।

अग्लो पहाडका डाँडाबाट झर्ने मिदुङ झरनामा खेल्ने, रमाउनेहरु बढ्न थालेका छन् । यो झरनाले चर्चा पाएको केही महिना मात्रै भएको छ । तर अहिले यो ठाँउमा फोटो खिच्न पालो कुर्नु पर्छ ।

झरना छेउसम्मै ग्रावेल सडक पुगेकाले यहाँ जानेलाई सजिलो भएको छ । अब पूर्वाधार विकासमा जोड दिनु पर्ने स्थानीय नेता बताउँछन् ।

भौतिक पूर्वाधारको निर्माण तथा हिँउदमा बैकल्पिक पानीको व्यवस्था गर्न सके यो झरना पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *