कप्तान किरण चेम्जोङ बने अर्थोप्लास्ट रिह्याब सेन्टरको ब्राण्ड एम्बास्डर
१७ साउन, २०७७ काठमाडौं । राष्ट्रिय फूटबल टिमका कप्तान किरण चेम्जोङलाई अर्थोप्लास्ट रिह्याब सेन्टरले ब्राण्ड एम्बास्डर बनाएको छ ।
ललितपुरको ग्वार्कोमा रहेको सेन्टरको भवनमा सेन्टरका प्रबन्ध निर्देशक हरिकुमार तामाङ र कप्तान चेम्जोङले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अथोप्लाष्टबाट किरण र उनका परिवारलाई दुई लाख रुपैयाँ बराबरको सेवा सुविधा उपलब्ध हुनेछ । त्यस्तै, ल्याव सेवामा ५० प्रतिशत सुविधा दिनेछ ।
तामाङका अनुसार खेल तथा अभ्यासको क्रममा घाईते भएका खेलाडीलाई सेवा दिने उद्धेश्यले अर्थोप्लास्ट रिह्याब सेन्टर स्थापना भएको हो ।
यसले अन्तर्राष्ट्रिय जगतमा देशलाई चिनाउन योगदान दिने कुनैपनि विधाका राष्ट्रिय खेलाडीलाई सेवामा ४० प्रतिशत तथा जुनसुकै खेलसंग सम्बन्धित खेलाडीलाई ३० प्रशित छुटको ब्यवस्था गरेको छ ।
प्रतिक्रिया