समाज

वर्षैभरि सिंचाइ सुविधा पाएपछि बाँकेको बैजापुरका किसान दङ्ग, बढ्यो उत्पादन (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १७ गते १६:५८
वर्षैभरि सिंचाइ सुविधा पाएपछि बाँकेको बैजापुरका किसान दङ्ग, बढ्यो उत्पादन (भिडियोसहित)

१७ साउन, २०७७ नेपालगञ्ज । सिक्टा सिंचाइ आयोजनाले बाँकेको बैजापुर क्षेत्रको करिब १ हजार हेक्टर क्षेत्रमा बर्षैभरी सिंचाई सुबिधा दिन सुरु गरेको छ । बर्षैभरी सिचाई सुबिधा उपलब्ध भएपछि बैजापुरका किसानले मकै, गहुँ र धान गरी तीन बाली लगाउन थालेका छन् ।

बर्षैभरी सिंचाइ सुबिधा उपलब्ध भए पछि बैजापुरका किसानहरुले मकै, गहुँ र धान गरी तीन बाली लगाउन थालेका छन् । सिचाई सुविधा नहुँदा अन्य क्षेत्रबाट खाद्यान्न किनेर ल्याउने बैजापुरका किसानहरुले सिंचाइ सुविधा भए पछि बाहै्रमास खेती गरेर खाद्यान्न विक्री गर्ने अवस्थामा पुगेका छन् ।

सिक्टा सिंचाइ आयोजनाले बाँकेको अगैयामा ब्यारेज निर्माण गरेर बाहैमास सिंचाइ सुविधा उपलब्ध गराउन थालेपछि यो बर्ष बैजापुरका किसानहरुले असार १५ भन्दा पहिले धान रोपाईँ गरेर सकेका छन् । बर्षातको बेला राप्ती नदीबाट सिक्टाको नहर हुँदै किसानको खेतबारीमा पुग्ने धमिलो पानीमा पनि मलको मात्रा हुने भएकाले उत्पादन राम्रो हुने किसानहरुले बताएका छन् ।

सिक्टा सिंचाइ आयोजना अन्तरगतको पूर्वी नहरको निर्माण जारी छ । करिब ५३ किलोमिटर लामो पूर्वी नहरमध्ये हालसम्म करिब ५ किलो मिटर नहरको निर्माण कार्य सम्पन्न भइसकेको छ भने करिब ३० किलोमिटर नहर निर्माणको काम भइरहेको छ । मूल नहर र शाखा नहर निर्माण गर्दै किसानहरुको खेतबारीमा बर्षभरी नै सिंचाइ सुविधा पुराउने लक्ष्य राखिएको छ ।

२०३२ साल देखि सिक्टा सिंचाइ आयोजनाको चर्चा सुरु भए पनि राप्ती नदीको पानी सिक्टा सिंचाइको नहरबाट पहिलो पल्ट बाँकेको बैजापुर क्षेत्रको करिब १ हजार हेक्टरमा किसानको खेतबारीमा पुगेको हो । पुर्बी नहरबाट राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका १२ हजार २ सय ७५ किसान परिबारको करिब ९ हजार हेक्टर जमिनमा बाहैमास सिचाई सुविधा पुराउने लक्ष्य छ ।

पूर्वी नहरबाट १ हजार हेक्टर क्षेत्रमा बाहै्रमास सिंचाइ सुबिधा उपलब्ध भए पनि पश्चिमी मुल नहरबाट धानबो बिउ राख्नका लागि करिब १६ हजार हेक्टरमा पानी उपलब्ध गराइएको सिक्टा सिंचाइ आयोजनाले जनाएको छ ।

२०६३ सालदेखि निर्माण सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा हालसम्म करिब १७ अर्ब रुपैया खर्च भइसके पनि काम भने करिब ६५ प्रतिशत मात्रै पुरा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *