समाज
नेपालमा पनि विश्व स्तनपान सप्ताह शुरु
२०७७ साउन १७ गते १२:५८
![नेपालमा पनि विश्व स्तनपान सप्ताह शुरु](https://www.himalayatv.com/wp-content/uploads/2020/08/stanpan.jpg)
१७ साउन, २०७७, काठमाडौं । यो वर्षको विश्व स्तनपान सप्ताह आज शुरु भएको छ ।
स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार भन्ने नाराका साथ सुरु भएको विश्व स्तनपान सप्ताह साउन २३ गतेसम्म मनाइने छ।
विश्व स्तनपान सप्ताह प्रारम्भको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सन्देश दिनुभएको छ ।
स्तनपान संरक्षण र सम्वर्धन गर्ने उद्देश्यका साथ सन् १९९२ देखि संसारभर हरेक वर्ष अगष्ट एक तारिखदेखि ७ दिनसम्म स्तनपान सप्ताह मनाउने गरिन्छ ।
प्रतिक्रिया