समाज
बाँकेको नरैनापुरमा खटिएको नेपाली सेनाको टोली नेपालगञ्ज फिर्ता
२०७७ साउन १७ गते १२:५२

१७ साउन, २०७७, बाँके । कोरोना संक्रमण नियन्त्रण भएपछि बाँकेको नरैनापुरमा खटिएको नेपाली सेनाको टोली नेपालगन्ज फर्किएको छ ।
क्वारन्टिनमा रहेका सबै जनाको स्वाब संकलन गरी परिक्षण गर्दा रिपोट नेगेटिभ आएपछि घर फर्किएका छन् ।
नरैनापुरका १५ वटै क्वारन्टिन खाली भए पछि नेपाली सेना ब्यारेक फर्किएको हो ।
नरैनापुरबाट ब्यारेकमा फर्किएको नेपाली सेनाको टोलीलाई आबश्यकता अनुसार बाढी, पहिरो, डुवान लगायत बिपदको ब्यबस्थापनमा खटाइने भैरबप्रसाद गणका गणपति प्रमुख सेनानी नकुल थापाले बताउनु भयो ।
जेठ १० गतेसम्म नरैनापुर गाउँपालिका क्षेत्रमा मात्रै १ सय १४ जना कोरोना संक्रमित भेटिएका थिए ।
एक जनाको मृत्यु समेत भएपछि उत्पन्न भएको जटिल परिस्थिति नियन्त्रणमा ल्याउन नरैनापुरमा नेपाली सेनाको टोली खटाइएको थियो ।
प्रतिक्रिया