खेलकूद

पेरिस सेन्ट जर्मेन, पीएसजीले जित्यो फ्रेन्च लीग कपको उपाधि

हिमालय टिभी
२०७७ साउन १७ गते ८:३९
पेरिस सेन्ट जर्मेन, पीएसजीले जित्यो फ्रेन्च लीग कपको उपाधि

१७ साउन, २०७७ काठमाडौं । पेरिस सेन्ट जर्मेन, पीएसजीले फ्रेन्च लीग कपको उपाधि जितेको छ।

फाइनलमा लियोनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पिएसजीले उपाधि उचालेको हो । पिएसजी र लियोनबीच निर्धारित समयको खेल गोलरहित बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा पिएसजी ६(५ ले विजयी भयो । शुरुका १० पेनाल्टीमा दुबै तर्फबाट गोल भएको थियो । त्यसपछि पिएसजीका गोलरक्षक किलोर नाभासले लियोनका बेट्र्रान्ड ट्राओरीको प्रहार जोगाए ।

पाब्लो साराबियाले पिएसजीका लागि विजयी पेनाल्टी प्रहार गरेका थिए। खेलको अन्तिम मिनेटमा लियोनका डिफेन्डर राफेल रातो कार्ड खादै मैदान बाहिरिएका थिए । फाइनल खेल हेर्न करिब ५ हजार दर्शक उपस्थित थिए ।

कोरोना भाइरसको महामारीका कारण गएको अप्रिलमा लीग वान अन्त्य गरिएपछि फ्रान्समा भएको यो दोस्रो घरेलु खेल हो ।

यस्तै गएराति भएको फ्रेन्च लीग कपको अन्तिम फाइनल समेत हो । १९ सय ९४ मा शुरु भएको लीग कप यस सिजनपछि अन्त्य गर्ने निर्णय भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्