भारतमा घटेन कोरोना संक्रमण, एकैदिन ५७ हजार बढी संक्रमित
१७ साउन, २०७७ नयाँ दिल्ली । भारतमा दैनिक कोरोना संक्रमित हुनेको संख्यामा अझै कमी आउन सकेको छैन ।
पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै उच्च संक्रमण देखिएको छ । त्यहाँ एकै दिन ५७ हजार ७ सय ४ जना संक्रमित भएका छन् । अघिल्लो दिन त्यहाँ ५४ हजार ९ सय ६६ जना संक्रमित भएका थिए ।
पछिल्लो पटक भारतमा दैनिक संक्रमित हुनेको संख्या लगातार बढिरहेको छ । विश्वमा तेस्रो बढी संक्रमित मुलुक भारतमा संक्रमित हुनेको संख्या १६ लाख ९७ हजार नाघेको छ ।
त्यस्तै अमेरिकामा ७० हजार ९ सय ४ तथा ब्राजिलमा ५२ हजार ५ सय ९ जनामा संक्रमण भएको छ । शुक्रबार विश्वभर २ लाख ८२ हजार १ सय ७१ जना कोरोनाका संक्रमित थपिए ।
यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार २ सय ३४ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा १ हजार ४ सय ६२, ब्राजिलमा १ हजार १ सय ९१ तथा भारतमा ७ सय ६५ जनाले ज्यान गुमाए । २ सय १३ देशका फैलिएको कोरोनाबाट हालसम्म १ करोड ११ लाख ५१ हजार भन्दा बढी मनिस संक्रमणमुक्त भैसकेका छन् ।
आज मेक्सिकोमा ८ हजार ४ सय ५८ जना संक्रमित हुँदा ६ सय ८८ जनाको मृत्यु भएको छ । उता चीनमा आज ४५ जना संक्रमित फेल परेका छन् ।
प्रतिक्रिया