समाज

समुदायमा कोरोना संक्रमणः बाँकेमा प्रशासनद्वारा कडाइ (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १६ गते २०:२३
समुदायमा कोरोना संक्रमणः  बाँकेमा प्रशासनद्वारा कडाइ (भिडियोसहित)

१६ साउन, २०७७ नेपालगञ्ज । समुदाय मै कोरोना संक्रमण फैलिएपछि बाँके प्रशासनले पहिलो चरणमा सचेतना फैलाउने र दोस्रो चरणमा लकडाउनको कडाइका साथ पालना गराउने रणनीति अगाडि सारेको छ ।

नेपालगन्जको त्रिभुबन चोक क्षेत्र र आन्तरिक राजस्व कार्यालयबाट संकलन गरिएको स्वाबको नमुना परिक्षण गर्दा हिजो २७ जनामा संक्रमण देखिएको थियो । यसले संक्रमण समुदायमा पुगेको देखिएपछि प्रशासनल कडाइ गरेको हो ।

एक समय कोरोनाको हटस्पट बनेको बाँके फेरि एक पटक जोखिममा परेको छ । समुदाय मै कोरोना संक्रमण देखिए पछि बाँकेका प्रमुख जिल्ला अधिकारी, नेपालगन्ज उपमहानगरपालिकाकी उप मेयर, उद्योग बाणिज्य संघका अध्यक्षसहित स्वास्थ्यकर्मी, जनप्रतिनिधि र उद्योगी ब्यबसायीले घर दैलो मै पुगेर मास्क बितरण गर्दै सुरक्षा साबधानी अपनाउन आग्रह गरेका छन् ।

क्वारन्टिनभन्दा बाहिर रहेका र ट्राभल हिस्ट्रि नभएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि प्रशासनले बाँकेमा आइतबारदेखि तीन दिनसम्म पुर्ण रुपमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । पहिलो चरणमा सचेतना फैलाउने र दोस्रो चरणमा लकडाउनको कडाइका साथ पालना गर्न आग्रह गरिने र अटेर गर्नेलाई संक्रामक रोग ऐन अन्तरगत कानुनी कारबाही गरिने छ ।

बढी भिडभाड हुने यातायात ब्यबस्था र आन्तरिक राजस्व कार्यालयका कर्मचारीको स्वाब संकलन गरेर परिक्षण गर्दा यातायात कार्यालयका १ जना, आन्तरिक राजस्व कार्यालयका ७ र जिल्ला अदालत बाँकेका १ जना कर्मचारीमा पनि संक्रमण देखिएको थियो ।

त्रिभुबन चोक स्थित मिठाइ पसलेसँगै सम्पर्कमा रहेका १६ जनामा पनि संक्रमण पुष्टि भई सकेको छ । समुदायस्तरमै संक्रमण फैलिएका कारण सावधानी अपनाएर मात्रै ब्यापार ब्यबसाय संचालन गर्न नेपालगन्ज उपमहानगरपालिकाले आग्रह गरेको छ ।

बाँकेमा अहिलेसम्म करिव साढे ४ सय जनामा संक्रमण पुष्टि भएको छ । २ जनाको मृत्यु भइसकेको छ । यसअघि भेटिएका अधिकांश संक्रमित भारतबाट आएर क्वारन्टिनमा बसेकाहरु थिए । तर पछिल्लो पटक भने समुदाय र सरकारी कार्यालयमा संक्रमण देखिएपछि जोखिम पनि बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *