कला/मनोरञ्जन

गायक प्रमोदको मेरो छाती धड्कियोस् सार्वजनिक

हिमालय टिभी
२०७७ साउन १६ गते १९:२३
गायक प्रमोदको मेरो छाती धड्कियोस् सार्वजनिक

काठमाडौ । गायक प्रमोद खरेलको स्वरमा रहेको ‘मेरो छाति धड्कियोस्’ गीतको भिडियो सार्वजनिक भएको छ ।

लेखक तथा पत्रकार राज सरगमको शब्द रहेको गीतमा संगीतकार विपिन आचार्यले कम्पोज गरेका छन् । काठमाडौं र ललितपुरमा छायांकन गरिएको भिडियोलाई नारायण ठकुरी र गीतकार स्वयम् नारायण ठकुरीले निर्देशन गरेका हुन् ।

नरेश चैसिरको छायांकन रहेको छ भने सन्देश परियारको सम्पादन रहेको छ । भिडियोमा मोडल कसिस दाहाल र भूपेशसिंह ठकुरीको अभिनय रहेको छ । कसिसले आधा दर्जन चलचित्र तथा दर्जनौ म्युजिक भिडियोमा अभिनय गरी सकेकी छिन् । साइराम पिक्चरबाट सार्वजनिक गरिएको छ ।

लेखक सरगमले यो भन्दा अगाडि चलचित्र दबाब, चाल मेरो मान्छे, लगायत सिनेमा गीत पनि लेखेका थिए । लामो समयको अन्तरालपछि दुई गीत लिएर आएका हुन् । आख्यानको कामले गीत पछाडि परेको बताए सरगमले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *