आर्थिक
बीमा प्राधिकरणलाई स्वायत्त बनाउन सकिन्छः अर्थमन्त्री खतिवडा
२०७७ साउन १६ गते १८:५३

१६ साउन, २०७७ काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बीमा प्राधिकरणलाई स्वायत्त बनाउन सकिने बताउनु भएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल गर्दै अर्थमन्त्री खतिवडाले बीमा प्राधिकरणलाई स्वायत्त बनाउन सकिने तर स्टाटसलाई माथि ल्याउन नहुने बताउनुभएको हो ।
स्वास्थ्य बीमालाई सामाजिक सुरक्षाको सबैभन्दा विश्वव्यापी अवधारणको रुपमा नेपालमा लागू गरिएको मन्त्री खतिवडाले बताउनुभयो ।
बैठकमा सांसदहरुले बीमाको पहुँच सबै क्षेत्रमा पुग्ने गरी बीमा प्राधिकरणको परिकल्पना गरिएकाले यसलाई स्वायत्त र बलियो बनाउने गरी ऐनमा व्यवस्था हुनुपर्ने बताएका छन् ।
प्रतिक्रिया