समाज

दाङको राप्ती गाउँपालिकाले समुदायस्तरमै पुगेर पठनपाठन (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १६ गते १८:३६
दाङको राप्ती गाउँपालिकाले समुदायस्तरमै पुगेर पठनपाठन (भिडियोसहित)

१६ साउन, २०७७ दाङ । दाङको राप्ती गाउँपालिकाले समुदाय स्तरमै शिक्षक परिचालन गरी पठनपाठन थालेको छ । कोरोना संक्रमणको जोखिमका कारण चैत ११ गतेबाट लकडाउन गरेपछि बन्द भएको पठनपाठन समुदायस्तरमै पुगेर शुरु गरिएको हो ।

संघीय सरकारले भने अनुसार बैकल्पिक विधिबाट शिक्षण गर्दा प्रभावकारी नभएको पाइएपछि दाङको राप्ती गाउँपालिकाले समुदायमै पुगेर सानोसानो समूह बनाइ स्वास्थ्य सुरक्षा अपनाएर कक्षा सञ्चालन गरेको छ । सामुदायिक र संस्थागत दुवै विद्यालयका शिक्षक परिचालन भएका छन् ।

बिहान ७ बजेदेखि १० बजे कक्षा सञ्चालन हुन्छ । बिहानको समयमा विद्यार्थीसँग रहँदा र सिकाउन पाउँदा शिक्षक निकै खुसी छन्।

आफ्नै ठाउँमा पठनपाठन अभ्यास शुरु भएपछि लामो समयसम्म खाली बसेका विद्यार्थी लाभान्वित भएका छन् । शिक्षक शिक्षिका
घरमै आएर पढ्न पाउँदा उनीहरु हर्षित छन् ।

राप्ती गाउँपालिकाका ९ वटै वडाको १ सय ८८ टोलमा ३ सय शिक्षक परिचालन गरि १५ हजार विद्यार्थीलाई पढाउन थालिएको छ ।

हरेक दिन ३ शिक्षकले ३ घण्टा पढाउने गरेका छन् । स्कुल सञ्चालन नहुँदासम्म यो प्रक्रिया निरन्तर चलाउने तयारी छ । राप्ती गाउँपालिकामा २९ वटा सामुदायिक, १५ वटा संस्थागत र ३ वटा धार्मिक विद्यालय छन् । स्कुल बन्द भएको बेला राप्ती गाँउपालीकाले गरेको यो काम निकै प्रसंसनिय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *