विदेश

भारतमा कोरोना संक्रमित बढ्दो, एकैदिन झण्डै ५५ हजारमा संक्रमण

हिमालय टिभी
२०७७ साउन १६ गते ८:१०
भारतमा कोरोना संक्रमित बढ्दो, एकैदिन झण्डै ५५ हजारमा संक्रमण

१६ साउन, २०७७ काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै उच्च संक्रमण देखिएको छ । भारतमा एकै दिन ५४ हजार ९ सय ६६ जना संक्रमित भएका छन् । भारतमा कोरोना संक्रमण शुरु भएदेखि नै दैनिक रुपमा स्क्रमितको संख्या बढ्दै आइरहेको छ ।

विश्वमा तेस्रो बढी प्रभावित भारतमा संक्रमितसँगै मृत्यु हुनेको संख्या पनि बढीरहेको छ । भारतमा थप ७८३ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म संक्रमितको संख्या १६ लाख ३९ हजार नाघेको छ ।

उता अमेरिकामा थप ६८ हजार मानिसमा कोरोना संक्रमण देखिएको छ । संक्रमण दर स्थिर रहेको अमेरिकामा थप एक हजार ४ सय ५५ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ५८ हजार भन्दा बढी संक्रमित भेटिएका छन् भने थप एक हजार एक सय ८९ जनाको मृत्यु भएकव छ ।

विश्वमा एकै दिन दुई लाख ८० हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ । यो सँगै विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ७४ लाख ५६ हजार नाघेको छ ।

विश्वमा एकै दिन थप ६ हजार २ सय २१ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख ७५ हजार नाघेको छ । एक करोड ९ लाख १० हजार भन्दा बढी संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *