खेलकूद
आयरल्याण्डविरुद्ध इङ्ग्ल्याण्ड ६ विकेटले विजयी
२०७७ साउन १६ गते ७:५३

१६ साउन, २०७७ काठमाडौं । आयरल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा इङ्ग्ल्याण्ड ६ विकेटले विजयी भएको छ।
गएराति भएको खेलमा आयरल्याण्डले दिएको १ स ७३ रनको सामान्य लक्ष्य इङ्ल्याण्डले २७ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।
इङ्ल्याण्डका लागि साम बिलिङ्सले नटआउट ६७ रन बनाए भने कप्तान इयान मोर्गान ३६ रनमा अविजित रहे। जेम्स भाइन्सले २५ र ज्यासन रोयले २४ रनको योगदान गरे।
साउथह्याम्पटनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ४४ दशमलब ४ ओभरमा एक सय ७२ रनमा अलआउट भएको थियो। उसका लागि कुर्टिस काम्फेरले नटआउट ५९ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्।
आयरल्याण्डलाई सस्तैमा समेट्न इङ्ल्याण्डका डेविड वेलीले ५ तथा सकिव महमुदले २ विकेट लिएका थिए। दुई टिमबीचको दोस्रो एकदिवसीय खेल भोलि हुनेछ।
प्रतिक्रिया