खेलकूद

सिरी ए लीग फुटबल विजेता युभेन्टस पराजित

हिमालय टिभी
२०७७ साउन १५ गते ७:२७
सिरी ए लीग फुटबल विजेता युभेन्टस पराजित

१५ साउन, २०७७ काठमाडौं । इटालियन सिरी ए फूटबलको लीग विजेता युभेन्टस पराजित भएको छ ।

आफ्नो पछिल्लो खेलमा गएराति युभेन्टस काग्लियरीसँग २–० ले स्तब्ध बनेको हो । काग्लियारीले दुबै गोल पहिलो हाफमा गरेको थियो । घरेलु मैदानमा खेलको आठौं मिनेटमा लुका गागलियानोको गोलसँगै काग्लियरीले अग्रता लिएको थियो ।

त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा जियोवन्नी सिमोनले काग्लियरीको अग्रता दोब्बर बनाएका थिए । त्यसपछि खेलमा थप कुनै गोल हुन सकेन ।

हारसँगै युरोपेली क्लब फुटबलमा सर्वाधिक गोलको दौडमा रहेका रोनाल्डोलाई धक्का लागेको छ । ३१ लीग गोलका साथ रोनाल्डो लीगमा सर्वाधिक गोलकर्ताको दौडमा दोस्रो स्थानमा छन् ।

गोल्डेन बुटको दौडमा रोनाल्डो सिरी ए क्लब लाजियोकै स्ट्राइर चिरो इम्मोबिलेसँग चार गोलले पछि परेका छन् । चिरोले लीगमा सिजनको ३५ औं गोल गएराति लाजिओले ब्रेसियालाई २(० ले पराजित गर्ने क्रममा गरेका हुन्।

सिरी ए फुटबलको यो सिजनको अब एक मात्र खेल बाँकी हुँदा चिरो युरोपका प्रमुख लीगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिको शीर्ष स्थानमा रहने एक मात्र खेलाडी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्