खेलकूद

राखेप उपाध्यक्ष र सदस्य सचिवले लिए शपथ

हिमालय टिभी
२०७७ साउन १४ गते १९:४०
राखेप उपाध्यक्ष र सदस्य सचिवले लिए शपथ

१४ साउन, २०७७ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका नवनियुक्त उपाध्यक्ष शिव कोइराला ज्वाला र सदस्य सचिव रमेश कुमार सिलवालले आज कार्यभार सम्हालेका छन् ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयमा आज सपथ गराएपछि दुबैले कोइराला र सिलवालले कार्यभार सम्हालेका हुन् ।

सोमबारको मन्त्रीपरिषद् बैठकबाट नियुक्ति भएका उपाध्यक्ष कोइराला र सदस्य सचिव सिलवाललाई मन्त्रालयका सचिव रामप्रसाद थपलियाले नियुक्ति पत्र हस्तान्तरण गरे। गत महिना राष्ट्रिय खेलकुद विकास ऐन २०७७ प्रमाणिकरण भएसँगै सिलवाल पदमुक्त भएका थिए ।

सदस्य सचिवबाट पदमुक्त भएको एक महिना भित्रै सिलवाल पुनः त्यहि पदमा नियुक्त भएका हुन् । त्यस्तै, १३ औं दक्षिण एसियाली खेलकुद सागको प्रचार प्रसार विभागको संयोजक रहेका कोइराला भने पहिलो पटक राखेप प्रवेश गरेका हुन् ।

उपाध्यक्ष र सदस्य सचिव दुवैको कार्यकाल ४ वर्ष रहेने छ । सदस्य सचिव सिलवालले अघिल्लो कार्यकालमा पूरा गर्न नसकेका अधुरा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

सदस्य सचिव सिलवालले वितेको एक वर्षमा खेलकुद बुझ्न सफल भएको र अबको कार्यकालमा यो क्षेत्रलाई विश्वमाझ चिनाउने प्रयास गर्ने बताए । उनले आफ्नो गतिविधिमा सुशासन र पारदर्शीता कायम राख्ने प्रतिबद्धता पनि ब्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्