कुवेतले आगामी अगस्तदेखि नेपालसहित २० देशमा अन्तर्राष्ट्रिय उडान शुरु गर्ने

१४ साउन, २०७७ काठमाडौं । कुवेतले आगामी अगष्तदेखि नेपालसहित २० देशको अन्तर्राष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमणको जोखिमपछि हवाइ सेवा बन्द गरेको कुवेतले अगष्त १ देखि नेपालसहितका २० देशमा उडान शुरु गर्ने निर्णय गरेको हो ।
कुवेतको नागरिक उड्डयन निर्देशनालयले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालित एयरलाइन्सले नेपालसहित युएई, बहराइन, ओमान, लेबनान, कतार, जोर्डन, इजिप्ट, बोस्निया सेवा शुरु गर्नेछन् ।यसैगरी हर्जेगोविना, श्रीलंका, पाकिस्तान, इथियोपिया, संयुक्त अधिराज्य, टर्की, इरान, स्विजरल्याण्ड, जर्मनी, अजरबैजान, फिलिपिन्स र भारतमा उडान गर्ने कुवेतको हवाई परिवहन यातायात विभागले जनाएको छ ।
एयरलाइन्सहरुको समय तालिका र उडान समय छिटो घोषणा गरिने जनाइएको छ । त्यस्तै उडानका क्रममा सबै यात्रुलाई स्वास्थ्य प्रक्रिया र निर्देशन पालना गर्न आह्वान गरिएको छ ।
कुवेतमा कार्यरत नेपाली श्रमिकले घर फर्कन टिकट नपाएको तथा पाएपनि महँगो परेको गुनासो गरिरहेको बेला कुवेतले उडान शुरु गर्न लागेपछि सहज हुने अपेक्षा गरिएको छ । कुवेतमा करिब ५० हजार नेपाली श्रमिक कार्यरत रहेको बताइन्छ ।
प्रतिक्रिया