आर्थिक

नेपाली बजारमा सुनको भाउ बढ्ने क्रम जारी, तोलामा ३ सय बढेर ९८ हजार ५ सय रुपैयाँमा कारोबार

हिमालय टिभी
२०७७ साउन १४ गते १३:००
नेपाली बजारमा सुनको भाउ बढ्ने क्रम जारी, तोलामा ३ सय बढेर ९८ हजार ५ सय रुपैयाँमा कारोबार

१४ साउन, २०७७ काठमाडौं । सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेर आज पनि नयाँ कीर्तिमानमा पुगेको छ ।

पछिल्ला केही दिनदेखि बढिरहेको सुनको भाउ आज तोलामा २ सय बढेको छ । सुन आज तोलाको ९८ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । पछिल्ला दिनमा सुनको भाउ दैनिक रुपमा नै बढेर उच्च बिन्दुमा पुग्ने गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेका कारण त्यसको असर नेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस १९ सय ५६ डलर पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण लगानीका अरु क्षेत्र बन्द हुँदा लगानीकर्ता सुनप्रति आकर्षित भएका छन् । जसले गर्दा माग बढेर सुन महँगो हुँदै गएको हो ।

अन्तर्राष्ट्रिय बजारमा माग बढे पनि नेपाली बजारमा भने सुनको माग घटेको छ । भाउ बढेको बेलामा सुन किन्ने भन्दा पनि बेच्ने ग्राहक धेरै आउने गरेको व्यवसायीले बताएका छन् ।

सिजनका बेला दैनिक ४० किलोसम्म खपत हुने सुन अहिले दैनिक ७(८ किलो पनि विक्रि नहुने व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *