समाज
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका दुई कर्मचारी चार लाख घुससहित पक्राउ
२०७७ साउन १३ गते १८:२९
१३ साउन, भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका २ जना कर्मचारीलाई ४ लाख घुस रकम सहित पक्राउ गरेको छ ।
विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घूस लिँदै गर्दा विश्वनाथ यादव र मोतियार महेन्द्र यादवलाई बुटवलबाट खटिएको अख्तियारको टोलीले पक्राउ गरेको हो ।
दुबैलाई सिद्धार्थनगर नगरपालिकास्थित सेन्चुरी बैंकबाट रंगेहात नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया