अन्तर्वार्ता

लकडाउनपछिको अवस्थामा नेपालमा कोरोना थप चुनौतिपूर्णः डा. पुन

हिमालय टिभी
२०७७ साउन १३ गते १३:१२
लकडाउनपछिको अवस्थामा नेपालमा कोरोना थप चुनौतिपूर्णः डा. पुन

१३ साउन, २०७७ काठमाडौं । शुक्रराज ट्रपिकल तथा सुरूवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक, सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले लकडाउन पछिको अवस्थामा कोरोना थप जोखिमपूर्ण रहेको बताउनु भएको छ ।

हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै डा पुनले हाम्रो असावधानीका कारण थप चुनौती हुने चेतावनी दिनुभयो । लकडाउन खुलेर भिडभाड बढेका कारण संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङमा पनि समस्या थपिएको उहाँको भनाइ छ ।

छिमेकी मुलुक भारतमा संक्रमण दर उच्च रहेको र खुला सिमानाका कारण चुनौती झन थपिएको डा पुनले बताउनुभयो ।

लकडाउन नै अन्तिम विकल्प नभए पनि सरकारले लकडाउनलाई सिकाइको रुपमा सदुपयोग गर्न नसकेको उहाँले बताउनुभयो ।

सरकारले कोरोना संक्रमण समुदायमा फैलिएको प्रमाण नभेटिएको बताए पनि सरुवा रोग विशेषज्ञ डा पुनले भने निश्चित क्षेत्रमा संक्रमण समुदायमा फैलिएको दावी गर्नुभएको छ

कोरोना र अन्य फ्लुका लक्षण मिल्दोजुल्दो भएकाले त्यतातर्फ ध्यान नदिने हो भने कोरोनाभन्दा फ्लुका कारण ज्यान गुमाउनेको संख्या बढ्न सक्ने उहाँको चेतावनी छ

आफू सचेत भए मात्र आफू, आफ्नो परिवार र समाजलाई जोगाउन सकिने भएकाले सबै सचेत हुनुको विकल्प नभएको डा पुनको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्