विदेश

भारतमा कोरोना संक्रमित केही घट्यो

हिमालय टिभी
२०७७ साउन १३ गते ८:१३
भारतमा कोरोना संक्रमित केही घट्यो

१३ साउन, २०७७, नयाँ दिल्ली । सोमबार भारतमा कोरोना संक्रमित केही घटेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ४ सय ८४ जनमा संक्रमण देखिएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा केही कम हो । आइतबार त्यहाँ ५० हजार ५ सय २५ जना संक्रमित भएका थिए ।

जुन संख्या हालसम्मकै उच्च थियो । भारतमा गएको ६ दिन यता दैनिक संक्रमित हुने दर ४५ हजार भन्दा घट्न सकेको छैन । शनिबार त्यहाँ ४८ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै शुक्रबार ४८ हजार ८ सय ९२ जना संक्रमित भएका थिए भने बिहिबार ४८ हजार ४ सय ४६ तथा बुधबार ४५ हजार ५ सय ९९ जनामा संक्रमित थपिएका थिए । भारतमा कोरोना संक्रमितको संख्या १४ लाख ८२ हजार ५ सय ३ पुगेको छ ।

यस्तै सबैभन्दा बढी अमेरिकामा ६१ हजार ५ सय ७१ जना तथा ब्राजिलमा २३ हजार ५ सय ७९ जना संक्रमित भएका छन् । विश्वभर सोमबार २ लाख १७ हजार ८ सय ६ जनामा संक्रमण पुष्टि भएको छ । २ सय १३ देशमा फैलिएको कोरोनाबाट हालसम्म १ करोड ६६ लाख ३५ हजार भन्दा बढीमा संक्रमण भैसकेको छ ।

त्यस्तै गएको एक दिनमा सबैभन्दा बढी भारतमा ६ सय ३६ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ६ सय २७ तथा अमेरिकामा ५ सय ९६ जनाले ज्यान गुमाएका छन् ।

सोमबार विश्वमा ४ हजार १ सय ९८ जनाको मृत्यु भएको छ । कोरोनाका कारण विश्वभर हालसम्म ६ लाख ५६ हजार ८१ जनाको मृत्यु भैसकेको छ । त्यस्तै १ करोड २२ लाख ५ हजार भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *