१२ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेकपा भित्रको विवाद मिल्नुको साटो झन गाँठो पर्दै गएको छ । र, एक अर्काले फूटपरस्त गतिविधि गरेको आरोप प्रत्यारोप चलिनै रहेको छ ।
यस्तो अवस्थामा भोलि नेकपाको स्थायी कमिटी बैठक बोलाइएको छ । बहुमतका आधारमा निर्णय गर्ने प्रचण्ड नेपाल पक्षको तयारी र त्यसलाई असफल बनाउने ओली पक्षको योजनाबीच बैठक बस्ला ? बैठकले अब के गर्ला ? सहकर्मी शिवनारायण गिरिले यसबारे नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग कुराकानी गरेका छन ।