सन् २०३२ मा हुने ओलम्पिक खेलकुद आयोजना गर्ने कतारको दाबी

१२ साउन, २०७७ काठमाडौं । कतारले सन् २०३२ मा हुने ओलम्पिक खेलकुद आयोजनाको दाबी गर्ने भएको छ ।
कतारले त्यसका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका उच्च पदाधिकारीसँग लबिइङ सुरु गरेको छ । खाडी राष्ट्रमा अहिलेसम्म ओलम्पिक खेलकुद आयोजना भएको छैन ।
कतारले ओलम्पिक आयोजनाका लागि आज आधिकारिक रुपमै छलफललाई तीब्रता दिएको जनाएको छ । त्यहाँको ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई पठाएको पत्रमा ओलम्पिक आयोजनाका लागि इच्छुक रहेको उल्लेख छ ।
यो पत्रसँगै ओलम्पिक आयोजनाका लागि औपचारिक रुपमै पहल सुरु भएको कतार ओलम्पिक कमिटीले जनाएको छ ।
पछिल्लो दशकमा कतारले खेलकुदमा ठूलो लगानी गरेको छ । उसले सन् २०२० को फिफा विश्वकप पनि आयोजना गर्दैछ ।
यसअघि कतारले सन् २०१६ र २०२० को ओलम्पिक आयोजना गर्नका लागि दाबी गरेपनि यो सफल हुन सकेन ।
सन् २०३२ को ओलम्पिक आयोजनाका लागि भारत, अष्ट्रेलियाको क्वीन्सल्याण्ड, चीनको सांघाईले दाबी गर्ने तयारी गरिरहेका छन् ।
यससँगै केही समयअघि दक्षिण र उत्तर कोरियाले पनि संयुक्त रुपमा आयोजना गर्ने अनौपचारिक प्रस्ताव गरेका थिए ।
प्रतिक्रिया