विदेश
इराकमा भ्रष्टाचार र बेरोजगारीविरुद्ध प्रदर्शन
२०७७ साउन १२ गते १८:३९

१२ साउन, २०७७, बगदाद । भ्रष्टाचार, बेरोजगारी र कमजोर सार्वजनिक सेवाको विरोधमा इराकमा दुई दिनदेखि प्रदर्शन जारी छ ।
गएराती भएको प्रदर्शनका क्रममा कम्तिमा दुई जना प्रदर्शनकारी मारिएको अलजजिराले जनाएको छ ।
गत मेमा मुस्ताफा अल कादिमी प्रधानमन्त्रीमा नियुक्त भएसँगै इराकमा सरकारविरोधि प्रदर्शन जारी छ । सादा पोषाकका अधिकारीले गोली चलाएको बताएका छन् । अल जजिराका अनुसार दर्जनौं घाइते भएका छन् ।
अहिले इराकमा सार्वजनिक सेवासँगै विद्युतको पनि संकट परेको छ । जसले गर्दा त्यहाँका मानिसहरु अत्याधिक गर्मीमा कष्ठपूर्ण जिवन विताइरहेका छन् ।
५० डिग्रीको गर्मीमा पनि प्रदर्शनकारी सडकमा उत्रिएका छन् । राजधानी बग्दादमा प्रहरी र प्रदर्शनकारीका बीच दोहोरो झडप भएको छ ।
प्रतिक्रिया