अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना संक्रमण झनै बढ्यो

१२ साउन, २०७७ सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ ।
केही समयअघिसम्म संक्रमण नियन्त्रण उन्मुख रहेको अष्ट्रेलियामा लकडाउन खुकुलो भएसँगै संक्रमितको संख्या बढ्न थालेको हो ।
अष्ट्रेलियाकै दोस्रो ठूलो जनसंख्या रहेको भिक्टोरिया राज्यमा पछिल्लो पटक पाँच सय ३२ जना संक्रमित थपिएका छन् भने ६ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ७७ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो पटक मृत्यु भएकामध्ये पाँच जना एज केयरमा बसेका मानिसहरु रहेको बताइएको छ ।
अहिलेसम्म अष्ट्रेलियामा सामुदायस्तरमा कोरोना भाइरसको ठूलो संक्रमण देखिएको थियो । यसबाट सबैभन्दा बढी प्रभावित राज्य भिक्टोरिया हो ।
भिक्टोरियाको राजधानी मेलबर्नमा ६ साता लकडाउन गर्ने तयारी गरिएको छ । यस्तै त्यहाँ मास्क अनिवार्य गरिएको छ । यस्तै परीक्षणको दायरा पनि बढाइएको छ ।
प्रतिक्रिया