सुनको भाउ फेरि बढ्यो १२ सय, प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार
१२ साउन, २०७७ काठमाडौं । सुनको भाउ तोलामा १२ सय रुपैयाँ बढेर फेरि १ लाखको नजिक पुगेको छ ।
आज एकै दिन तोलामा १२ सय रुपैयाँले वृद्धि हुँदै सुन तोलाको ९७ हजार ५ सय रुपैयाँ पुगेको हो । नेपाली बजारमा यो भाउ अहिलेसम्मकै उच्च हो ।
यसअघि गत शुक्रबार सुन ९५ हजार ८ सयमा कारोबार भएको थियो । पछिल्ला दिनमा सुनको भाउ दैनिक रुपमा बढिरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेका कारण त्यसको असर नेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस १९ सय ३२ डलर पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण लगानीका अरु क्षेत्र बन्द हुँदा लगानीकर्ता सुनप्रति आकर्षित भएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा माग बढे पनि नेपाली बजारमा भने सुनको माग घटेको छ । भाउ बढेको बेलामा सुन किन्ने भन्दा पनि बेच्ने ग्राहक धेरै आउने गरेको व्यवसायीले बताएका छन् ।
प्रतिक्रिया