समाज

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

हिमालय टिभी
२०७७ साउन १२ गते १२:४७
पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

१२ साउन, २०७७, बुटवल । पहिरोका कारण सिद्धार्थ राजमार्गको बुटवल(पाल्पा सडक खण्ड फेरि अवरुद्ध भएको छ ।

वर्षासँगै राजमार्गको तीन ठाउँमा पहिरो खसेपछि गएरातिदेखि बुटवल(पाल्पा सडक खण्ड अवरुद्ध भएको हो ।

पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने झुम्सा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक गएराती पहिरो खसेको थियो ।

सडकखण्ड अवरुद्ध भएसँगै बुटवलबाट पाल्पा, स्याङजा, गुल्मी, कास्की, बागलुङ, पर्वत र अर्घाखाँची जिल्लातर्फ जाने र उताबाट बुटवलतर्फ आउने सवारी साधन बीचमै रोकिएका छन् ।

पानी पर्ने क्रम नरोकिएकाले पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *