युभेन्टसलाई लगातार नवौं पटक सिरी ए फूटबलको उपाधि

१२ साउन, २०७७ काठमाडौं । युभेन्टसले लगातार नवौं पटक इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ ।
गएराति साम्पडोरियालाई २(० गोलले हराउँदै युभेन्टसले लगातार नवौं पटक सिरी ए को उपाधि उचालेको हो ।
घरेलु मैदानमा युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डेस्कीले एक(एक गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले गोल गरेका थिए । त्यसपछि ६७ औं मिनेटमा बर्नार्डेस्कीले दोस्रो गोल गर्दै युभेन्टसको जित सुनिश्चित गरे ।
७७ औं मिनेटमा थोर्स्बी दोहोरो पहेंलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि साम्पडोरिया १० खेलाडीमा सीमित भएको थियो । खेल सकिन एक मिनेट अघि युभेन्टसले पेनाल्टीको अवसर पाएको थियो ।
तर रोनाल्डो गोल गर्न सकेनन् । युभेन्टसलाई लीग उपाधि जित्न तीन अंक आवश्यक थियो । विजेता युभेन्टसले ८३ अंक जोड्यो । दोस्रो स्थानको इन्टर मिलानले ७६ अंक जोडेको छ ।
साम्पडोरिया ४१ अंक सहित १५ औं स्थानमा रह्यो । रोनाल्डोले युभेन्टसले जितेको इटालियन सिरी ए फुटबलको कीर्तिमान बढाउने लगातार नवौं सिजनको उपाधि फ्यानप्रति समर्पित गरेका छन् ।
प्रतिक्रिया