म्यानचेस्टर युनाइटेड र चेल्सी च्याम्पियन्स लीगमा छनोट

१२ साउन, २०७७ काठमाडौं । म्यानचेस्टर युनाइटेड र चेल्सी च्याम्पियन्स लीगमा छनोट भएका छन् ।
प्रिमियर लीग उपाधि विजेता लिभरपुल तथा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगै तेस्रो र चौथो स्थानमा रहँदै म्यानचेस्टर युनाइटेड र चेल्सी प्रिमियर लीगबाट च्याम्पियन्स लीगमा स्थान बनाउन सफल बनेका हुन् ।
गएराति लीग चरणको अन्तिम खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले आ(आफ्ना खेल जितका छन् ।
म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीमाथि २० गोलको जित निकाल्यो । अवे मैदानमा म्यानचेस्टर युनाइटेडका लागि ७१ औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत र इन्जुरी समयमा जेसे लिंगार्डले गोल गरेका थिए ।
इन्जुरी समयको चौथो मिनेट अर्थात ९४ औं मिनेटमा जोनी इभान्स रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि अन्तिमको केही समय लेस्टर १० खेलाडीमा सीमित भएको थियो। युनाइटेडले ६६ अंकसहित तेस्रो स्थानमा रहँदै लीगको अन्त्य गरेको छ । पराजित भएको लेस्टर ६२ अंकसहित पाँचौं स्थानमा रह्यो । लेस्टरले आगामी सिजन युरोपा लिग खेल्ने छ ।
उता चेल्सीले पनि उल्फ्समाथि समान २–० गोलले नै पराजित गरेको हो । वुल्भ्सलाई पराजित गरेको चेल्सी चौथो स्थानमा रहेर च्याम्पियन्स लीगमा स्थान बनाउन सफल भयो । घरेलु मैदानमा चेल्सीले दुबै गोल दोस्रो हाफमा गरेको थियो ।
चेल्सीको जितमा पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा मासन माउन्ट तथा पहिलो हाफकै इन्जुरी समयको चौथो मिनेटमा ओलिभर जिरोडले गोल गरेका हुन् । जितपछि चेल्सीले ६६ अंक जोड्यो । तर ६६ अंक नै भएको चेल्सी गोल अन्तरका आधारमा चौथो स्थानमा रह्यो ।
गएराति सम्पन्न अन्य खेलमा लिभरपुलले न्यूक्यासल युनाइटेडलाई ३–१, म्यानचेस्टर सिटीले नर्विच सिटीलाई ५–०, आर्सनलले वाटफोर्डलाई ३(२, साउथह्यम्टनले शेफिल्ड युनाइटेडलाई ३–१, बर्नमाउथले एभर्टनलाई ३–१ तथा ब्राइटनले बर्नलीलाई २–१ ले पराजित गरेका छन् ।
त्यस्तै क्रिस्टल प्यालेस र टोटेनह्याम तथा वेष्टह्याम र एस्टन भिल्ला १(१ गोलको बराबरीमा रोकिए ।
प्रतिक्रिया