खेलकूद

कोरोनाको त्रास बिर्सेर प्रशिक्षणमा फर्के ब्याडमिन्टन खेलाडी (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ११ गते १९:४२
कोरोनाको त्रास बिर्सेर प्रशिक्षणमा फर्के ब्याडमिन्टन खेलाडी (भिडियोसहित)

११ साउन, २०७७ काठमाडौं । सरकारले लकडाउन हटाउने निर्णय गरेपछि नेपालमा खेलकुद गतिविधि सुरु हुन थालेका छन् । नेपाल ब्याडमिन्टन संघले काठमाडौंमा उपलब्ध खेलाडीलाई प्रशिक्षण गराउन थालेको छ । पाँच मिहना ठप्प भएको प्रशिक्षण पुनः सुरु हुँदा खेलाडी पनि उत्साहित भएका छन् ।

समस्या ब्याडिन्टन खेलाडी सीता राईको मात्र होइन । लकडाउनका कारण झण्डै आधा वर्ष निष्क्रिय जस्तै बनेका सबै खेलाडीले भोगाइ हो । कोरोनाका कारण सरकारले लकडाउन गरेपछि सबै खेलाडी घरमै सिमित भए ।

केहीले आफैं प्रशिक्षण गरेपनि त्यो पर्याप्त हुन सक्दैन । किनभने कोर्ट वा मैदानमा खेल्ने खेलाडीलाई अभ्यास पनि त्यस्तै प्रकारको मैदानमा गर्नु आवस्यक छ । त्यसैले नेपाल ब्याडमिन्टन संघले कोभिड–१९ संक्रमण हुन नदिन परीक्षण गरेर मात्र अभ्यासका लागि अनुमति दिएको छ ।

लामो समयदेखि प्रशिक्षण गर्न नपाएका खेलाडी पुनः प्रशिक्षण सुरु हुँदा उत्साहित छन् । अहिले उनीहरु त्रिपूरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रशिक्षण प्रशिक्षण गरिरहेका छन् ।

ब्याडमिन्टनले दैनिक रुपमा विदेशी प्रशिक्षकबाट अभ्यास गरिहेको छ । कोरियन प्रशिक्षकले कोर्टमा खेलाडीलाई विभिन्न टेक्निक सिकाइरहेका छन । । तीन महिनाअघि नेपाल आएका प्रशिक्षक चोई अहिले खेलाडीको फिटनेसमा केन्द्रित छन।

कोरोना महामारीकै बीच नेपाल ब्याडमिन्टन संघले औपचारिक रुपमै प्रशिक्षण सुरु गर्दा अन्य समूहगत खेलले भदौ पहिलो साता कुरिरहेका छन् । चर्चित खेल फुटबल र क्रिकेटलाई भने औपचारिक रुपमा प्रशिक्षण थाल्न प्राविधिक कठिनाइ छ । भौतिक पूर्वाधर र स्पष्ट निर्देशिका नभएकाले खेलाडीलाई मैदान उतार्न र खेलकुद गतिविधि फर्काउन चुनौती छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्