आर्थिक
सबै कम्पनीको शेयरको मूल्य बढेपछि नेप्से परिसूचक बढ्यो
२०७७ साउन ११ गते १८:४२

११ साउन, २०७७ काठमाडौं । कारोबार भएकामा सबैजसो कम्पनीको शेयरको मूल्य बढेपछि आज नेप्से परिसूचक बढेको छ ।
नेप्से आज २२ दशमलव १७ अंक बढेर १४ सय ६४ दशमलव ८८ विन्दुमा पुगेको छ । होटल, जलविद्युत र म्युचुअल फन्ड उपसमूह केही घटे पनि अरु सबै उपसूचक सकरात्मक रहेकाले नेप्से बढेको हो ।
आज १ सय ९० कम्पनीका १ अर्ब ९२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । पूँजीबजार मैत्री मौद्रिक नीतिका कारण गत सातादेखि लगानीकर्ताहरुको मनोबल बढेको छ । फलस्वरुप बजार र कारोबार रकममा दैनिक सुधार भइरहेको छ ।
यस्तै बैंक तथा वित्तिय संस्थाले सस्तो ब्याजमा सजिलै शेयर कर्जा दिन थालेकाले पनि लगानीकर्ता शेयर बजारप्रति आकर्षित भएका छन् । जसले बजार बढ्न सहयोग गरेको छ ।
प्रतिक्रिया