सर्लाहीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
![सर्लाहीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु](https://www.himalayatv.com/wp-content/uploads/2019/07/dubera.jpg)
११ साउन, २०७७, सर्लाही । सर्लाहीको ईश्वरपुरमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
ईश्वरपुर नगरपालिका–१४, गौरीशङ्कर हरकठवाका रामपृत महतोकी १३ वर्षीया छोरी अन्जली र आनन्द महतोकी १० वर्षीया छोरी आरतीको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।
दुवै बालिकाको स्थानीय प्रकाश महतोले माछा पालन गर्न खन्दै गरेको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बाख्रा चराउन गएका बालिका साँझ अबेरसम्म घर नर्फिएपछि गाउँले र प्रहरी मिलेर खोजी सुरु गरेका थिए ।
त्यसक्रममा गएराती साढे ९ बजे बालिकाहरुको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।
मृतक दुवै बालिकाको शव पोष्टमार्टमका लागि आज जिल्ला अस्पताल मलङ्गवा पु¥याइएको छ । सर्लाहीसहित तराईका जिल्लामा बर्षायाममा पोखरी लगायतका जलाशयमा डुबेर बर्सेनि धेरै मानिसको मृत्यु हुने गरेको छ ।
प्रतिक्रिया