भारतमा कोरोना संक्रमणको दर लगातार बढ्दो

११ साउन, २०७७ नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण लगातार बढिरहेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ ४८ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा चार दिनयता लगातार एकैदिन ४५ हजारभन्दा धेरै मानिस संक्रमित भएका छन् ।
यसअघि शुक्रबार हालसम्मकै धेरै ४८ हजार ८ सय ९२ जना संक्रमित भएका थिए । त्यस्तै बिहिबार ४८ हजार ४ सय ४६ तथा बुधबार ४५ हजार ५ सय ९९ जनामा संक्रमित थपिएका थिए ।
भारतमा कोरोना संक्रमितको संख्या १३ लाख ८५ हजार ४ सय ९४ पुगेको छ । संक्रमितमध्ये ८ लाख ८६ हजार भन्दा बढी निको भैसकेका छन् भने ४ लाख ६७ हजार भन्दा बढीको उपचार भइरहेको छ ।
यस्तै गएको एक दिनमा अमेरिकामा ६७ हजार ४ सय १३ तथा ब्राजिलमा ४८ हजार २ सय ३४ जनामा संक्रमण भएको छ । शनिबार विश्वभरका २ लाख ५८ हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाका कारण ५ हजार ७ सय १३ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी ब्राजिलमा १ हजार १ सय ११, अमेरिकामा ९ सय ८, मेक्सिकोमा ७ सय ३७ तथा भारतमा ६ सय ९० जनाले ज्यान गुमाएका छन् ।
आज मेक्सिकोमा ६ हजार ७ सय ५१ जना संक्रमित हुँदा ७ सय २९ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया