समाज

कपिलवस्तुमा रेडियोबाटै पठनपाठन, यस्तो देखियो प्रभावकारिता (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १० गते २०:०५
कपिलवस्तुमा रेडियोबाटै पठनपाठन, यस्तो देखियो प्रभावकारिता (भिडियोसहित)

१० साउन, २०७७, कपिलवस्तु । लकडाउनले बिद्यालय शिक्षा प्रभावित भए पछि कपिलवस्तुको सीमावर्ती ३ स्थानीय तहमा सामुदायिक विद्यालयले रेडियोबाट पढाउन थालेका छन् ।

यशोधरा गाउँपालिकाका ४ तथा कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकाका एक(एक वटा माध्यमिक बिद्यालयले रेडियोबाटै पठन पाठन शुरु गरेका हुन् ।

कपिलवस्तुको यशोधरा गाँउपालिकाका विद्यार्थीलाई पढ्न विभिन्न सामाजिक संस्थाले एउटा माविमा ८० वटा रेडियो वितरण गरेका छन ।ठूला कक्षामा पढ्ने विद्यार्थीलाई नेतृत्वमा राखेर रेडियो दिईएको छ ।

४ देखि ६ जना विद्यार्थीको समुहमा विद्यार्थीले रेडियोबाट पढ्न सक्छन । कोरोना भाईरस संक्रमणको त्रासका कारण विद्यालय बन्द हुँदा बिद्यार्थी पढ्नबाट बञ्चित थिए, तर रेडियो कक्षा शुरु भएपछि उनीहरु खुसी छन ।

९ र १० कक्षाका विद्यार्थीलाई दैनिक अंग्रेजी, विज्ञान र गणित पढाईन्छ । साना कक्षाका विद्यार्थीले ५ वटा विषय पढ्न पाउँछन । उनीहरुलाई बार अनुसार दैनिक एउटा विषय पढाइन्छ । पढे नपढेको शिक्षक अनुगमन पनि गर्छन् । ठूला कक्षाको रेडियो पाठ्य सामग्री यशोधरा गाउँपालिकाको अनिरुद्ध पब्लिक माविका शिक्षकले तयार गर्छन् ।

लामो समय अवरुद्ध पढाई रेडियाबाटै भएपनि शुरु भएपछि विद्यार्थी उत्साहित छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *