भारतको मध्य प्रदेशका मुख्यमन्त्री चौहानलाई कोरोना संक्रमण

१० साउन, २०७७ नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
मुख्यमन्त्री चौहानले ट्विटरमार्फत आफुलाई संक्रमण भएको जानकारी गराएका छन् । आफूमा केही दिन यता कोरोना संक्रमणको लक्षण देखिएको र परीक्षण पश्चात त्यसको पुष्टि भएको उनले उल्लेख गरेका छन् ।
संक्रमण भएपछि उनले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन र क्वारिन्टनमा जान अपिल गरेका छन् । उनले कोभिड नाइन्टिनको निर्देशिकाको पालना गर्नुका साथै चिकित्सकको सुझाव अनुसार आफू क्वारेन्टिनमा बस्ने बताएका छन् ।
भारतमा कोरोना संक्रमित हुने चौहान पहिलो मुख्यमन्त्री हुन् । मुख्यमन्त्री चौहान र उनका मन्त्रिले सामाजिक दूरी कायम नराखेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले यसअघि लगातार विरोध गर्दै आइरहेको थियो ।
प्रतिक्रिया