आर्थिक

पर्यटकले खचाखच रहने फेवाताल अहिले सुनसान, पर्यटकको प्रतिक्षामा व्यवसायी (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १० गते १७:००
पर्यटकले खचाखच रहने फेवाताल अहिले सुनसान, पर्यटकको प्रतिक्षामा व्यवसायी (भिडियोसहित)

१० साउन, २०७७ पोखरा । कुनै बेला आन्तरिक र विदेशी पर्यटकले खचाखच हुने पोखराको फेवाताल यतिबेला सुनसान छ ।

कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनपछि हराएको फेवातालको रौनक अझै फर्कन सकेको छैन । ताल किनारमा सानो व्यवसाय चलाएर गुजारा चलाउनेहरु अहिले पर्यटकको प्रतिक्षामा छन् ।

पोखराको फेवाताल । यहाँ पोहोर परारकै जस्तै जलकुम्भी झार फर्किएर आएको छ । तर लकडाउनपछि हराएको यो ताल वरपरको माहोल भने फर्कन सकेको छैन ।

डुङ्गा शयर गर्ने मात्र हैन, तालको सौन्दर्य हेर्न आउने आन्तरिक र विदेशी पर्यटकले खचाखच हुने यो ताल किनारका फुटपाथ अहिले सुनसान छन् । बिहान बेलुकापख रिफ्रेस हुन दौडने पोखरेलीबाहेक तालले लकडाउनयता बाहिरका मान्छे देख्न पाएको छैन् ।

सरकारले लकडाउन हटाएसँगै फुटपाथमा ठेला र टोकरीमा ब्यापार गर्ने पनि ताल किनारामा फर्केका छन् । तर उनीहरुले दिनभरी गरेको व्यापारले दैनिक ज्याला पनि उठ्दैन ।

लकडाउ खुलेपछि पुरानै दिन फर्केलान भन्ने आशाले व्यापारमा फर्केकाहरु शशंकित छन् । उनीहरुलाई अहिलेको व्यापारले कमाउने भन्दा पनि दैनिक खर्च टार्नै मुस्किल छ ।

फेवाताल किनारामा व्यापारमा फर्केकाहरु कोरोना भाइरस संक्रमण होला कि भनेर पनि सचेत छन् ।

कोरोनाका कारण सबैभन्दा धेरै समस्यामा परेको क्षेत्र हो पर्यटन व्यवसाय । त्यै पर्यटन व्यवसायमा आश्रित पोखराका साना तथा ठूला व्यवसायी सबै अहिले समस्यामा छन् । साना व्यापारी व्यवसायमा फर्के पनि पोखराको रौनक कहिले फर्कने हो टुँगो छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *