रातो मच्छिन्द्रनाथको रथारोहण गराइयो
१० साउन, २०७७ काठमाडौं । रातो मच्छिन्द्रनाथको रथारोहण गराइएको छ ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज भएको हो । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीको सिफारीसमा मध्यान्ह १२ बजेर १५ मिनेटको शुभसाइतमा रथारोहण गराइएको छ।
मच्छिन्द्रनाथको रथ अहिले ललितपुरको पुल्चोकमा निर्माण भइरहेको छ । रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय अनुसारनै काम गरिएको ज्यापु समाजले जनाएको छ ।
विगतका रथारोहणको चार दिनमा रथ तानेर गाःबहाल लाने परम्परा रहेपनि यस वर्ष कोरोना संक्रमणका कारण के गर्ने भन्ने विषयमा टुंगो लागिसकेको छैन ।
रथारोहणका लागि हिजो पुल्चोकमा ३२ हात लामो धःमा, बाराहीले आवश्यक सुनको झ्याल र रथमा चाहिने तोरन राख्ने काम गरिएको थियो । रातो मच्छिन्द्रनाथको काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो ।
प्रतिक्रिया