अन्तर्वार्ता

केन्द्र सरकारको असहयोगका कारण प्रदेशले सोचअनुसार काम गर्न सकेनः मुख्यमन्त्री शाही (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १० गते १२:५३
केन्द्र सरकारको असहयोगका कारण प्रदेशले सोचअनुसार काम गर्न सकेनः मुख्यमन्त्री शाही (भिडियोसहित)

१० साउन, २०७७ काठमाडौं । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले केन्द्र सरकारको असहयोगका कारण प्रदेशले सोचे अनुसारको काम गर्न नसकेको बताउनु भएको छ ।

हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै मुख्यमन्त्री शाहीले प्रदेश सरकारले आफ्ना कानून बनाइसकेको भए पनि स‌ंघीय सरकारसँगको साझा अधिकारसँग सम्बन्धित कानून नबन्दा काम गर्न समस्या भएको गुनासो गर्नुभयो ।

स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले निर्माण गर्ने सडकहरुको कार्य विभाजन गरी निर्माण गर्न आग्रह गर्दा पनि संघीय सरकारले स्थानीय तहले गर्ने काममा समेत हस्तक्षेप गर्दा समस्या भएको उहाँले बताउनुभयो ।

संघीय सरकारको एकात्मक तरिकाले सोच्ने शैली र सरकार भनेकै आफूलाई मात्र ठान्ने प्रबृति मुख्य समस्या रहेको मुख्य मन्त्री शाहीको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्